अर्थमन्त्रीलाई मार्सीदेखि मुसुरोसम्मको पोको उपहार



काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडालाई कृषि सहकारी संघमार्फत किसानको पोको बुझाइएको छ। धेरै कार्यक्रमहरूमा गुनासै गुनासाका 'पोको' दिने किसानहरूले बिहीबार भने उपहारको पोको दिएका हुन्। अर्थमन्त्री युवराज खतिवडालाई मात्रै नभई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँ लगायतका कार्यक्रममा उपस्थित अतिथिहरूलाई किसानको पोको बुझाइएको हो ।

 

 किसानको पोकोभित्र जुम्लाको मार्सी चामलदेखि मुस्ताङको स्याउ, मकैदेखि सिस्नुको पाउडरसम्म गरी दुई दर्जन खाद्य सामग्री राखिएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानको पोको कार्यक्रम संचालनसमेत गरेको छ। 

 

कृषि सहकारीमार्फत उत्पादन भएका ग्रामीण उत्पादनलाई व्यवस्थित गर्नका लागि यो कार्यक्रम संचालन गरेको जनाएको छ। कृषि सहकारी संघको ललितपुरमा रहेको भवनबाट यस्तो पोको बिक्री गर्दै आएको संघले यसै महिनादेखि उपत्यकाका अन्य क्षेत्रमा समेत सटर भाडा लिएर बेच्ने क्रार्यक्रम राखेको संघका अध्यक्ष खेमराज पाठकले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्