कालीगण्डकीद्वारा राहत सामग्री वितरण



स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले राहात सामग्री वितरण गरेको छ । कोभिड १९ को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्याला मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने र अतिविपन्न घर परिवारका लागि चामल, दाल र नून राहतस्वरुप वितरण गरिएको हो ।

गाउँपालिकाका १८० अतिविपन्न घरपरिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गर्ने योजनानुसार मङ्लबारदेखि राहत वितरणको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । थापाले भने “अतिविपन्न घरपरिवारलाई परिवारको संख्या हेरेर घरघरमै पुगेर खाद्यान्न वितरण गरेका छाैं ।”

प्रतिक्रिया दिनुहोस्