ओशोकी शिष्याको भूमिकामा प्रियंका चोपडा



मुम्बई :  नायिका प्रियंका चोपडा अहिले हलिउड र बलिउडको फिल्ममा व्यस्त   छिन् ।

हालै एक टक शोमा पुगेकी प्रियंकाले ठूलो हलिउड फिल्मको कुरा गरिन् । अहिले उनी इजन्ट इट रोमान्टिकमा काम गरिरहेकी छिन् ।

प्रियंकाका अनुसार, आगामी फिल्ममा उनी विवादास्पद आध्यात्मिक गुरु ओशोकी शिष्या माँ आनन्द शीलाको भूमिकामा देखिनेछिन् । आनन्द शीला भारतमा जन्मेकी अमेरिकी नागरिक हुन् । उनी कुनै समय रजनीश ओशोकी प्रवक्ता थिइन् । शीलामाथि धेरै मानिसलाई मार्न खोजेको आरोप पनि लागेको थियो ।

यो फिल्म ओशोकी शिष्या माँ आनन्द शीलाको जीवनमा आधारित हुनेछ । शीलाले अमेरिकामा निकै विवाद उठाएकी थिइन् । यस फिल्मको निर्देशन प्रसिद्ध अमेरिकी निर्देशक ब्यारी लेभिनसनले गर्दैंछन् ।

प्रतिक्रिया दिनुहोस्