सम्राट सापकोटाको ‘कप्स’ चैतमा



काठमाडौं : सम्राट सापकोटाको निर्देशन रहेको फिल्म ‘कप्स’ आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्मको वितरकहरुको छलफलबाट फिल्मको रिलिज मिति टुंगो लागेको निर्देशक सापकोटाले जनाएका छन् ।  

यस फिल्ममा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । यस फिल्ममा उनले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । यस फिल्ममा सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कलाकारको अभिनय रहेको छ । 

यो फिल्मको प्रस्तुतकर्ता राम शाक्य रहेका छन् । यो फिल्म ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को ब्यानरमा निर्माण भएको छ । यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको छ ।

यस फिल्मका वितरकमा गोपालकाजी कायस्थ, मनोज राठी र बिक्रम पराजुली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्