भक्तपुरको एक घरमा चितुवा पसेपछि…



भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित एक घरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। बिहीबार बिहान स्थानीय कमला दाहालको घरमा पसेको चितुवालाई प्रहरी, जिल्ला वन कार्यालय भक्तपुर र सदर चिडियाखाना जावलाखेलको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।

 

जिउँदै नियन्त्रणमा लिइएको चितुवालाई सदर चिडियाखानाको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

 

उनका अनुसार दाहालको घरभित्र चितुवा पसेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली खटिएको उनले बताए।चितुवा आहाराको खोजी सहर पसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

प्रतिक्रिया दिनुहोस्