सुन जस्तो देखिने बालासहित ६ जना प्रहरी फन्दामा



काठमाडौं : प्रहरीले सुन जस्तो देखिने पहेंलो रंगको पाँच थान बालासहित ६ जनालाई पक्राउ गरेको छ । 

 

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले तिलगंगाबाट सुन जस्तो देखिने पहेलो रंगको बालासहित ६ जनालाई पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेहरुमा सप्तरी घर भएका वर्ष ४० को कृष्ण कान्त झा, वर्ष ३६ को सुवास कामत र वर्ष ३० को सुरेन्द्र कामत वर्ष ३५ को सकी बुलराईन, वर्ष २३ को पुनितकुमार यादव र खोटाङ घर भएका बर्ष ३० को राजन राई छन् ।

 

निजहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातु बाला ५ थान बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्