‘लकडाउन’ सौगात र सृष्टिको लभ



काठमाडौं : कोरोनाभाइरसबाट बच्नको लागि नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । सबै कलाकारहरु सेल्फ क्वारेन्टाइनमा सुरक्षित बसिरहेका छन् । त्यस्तै प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि घरमै सीमित भएका छन् । अहिले एउटै घरको छतमुनी बस्दै आएका उनीहरु अर्को वर्ष विवाह गर्ने तयारीमा छन् । परिवारले समेत यी दुईलाई विवाहका लागि मन्जुरी दिइसकेको छ ।

अहिले उनीहरु घरमै बसेर एकअर्कासँग प्रेम साटिरहेका छन् । सौगात मल्ल सामाजिक सञ्जालबाट टाढा भए पनि सृष्टि भने निकै सक्रिय हुन्छिन् । उनी दैनिक विभिन्न तस्वीर तथा भिडियोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यसबीच, उनले बुधवार सौगातसँगको प्रेमिल तस्विर शेयर गर्दै ‘लभ लकडाउन’ भनेर लेखेकी छन् । तस्विरमा सौगातले सृष्टिको गालामा चुम्बन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्