सीमा नाकासम्म आईपुगेका नेपालीको उद्धार गर्न अभिनेत्री रेखाको सरकारलाई आग्रह



काठमाडौं : अभिनेत्री रेखा थापाले विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट बच्न र बचाउनका लागि निरन्तर सचेतना सन्देश दिइरहेकी छन् । यसैविच अभिनेत्री थापाले पछिल्लो समय सीमानासम्म आइपुगेका नेपाली मज्दुरहरुको पीडाका बारेमा बोलेकी छन् ।

अभिनेत्री रेखा थापाले हप्तौं हिँडेर सीमानासम्म आईपुगेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री थापाले यस्तो माग गरेकी हुन् । आफ्नो देश सम्झेर सीमासम्म आएका नेपालीहरुको उद्धार गरेर निगरानीमा राख्न सरकारलाई सुझाव दिएकी छन् । किसान र मजदुरहरुको अवस्थाप्रति बेखबर बन्न नहुने भन्दै सरकारलाई कर्तव्यवान बन्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्