धनगढीमा कोरोना आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव परीक्षण शुरु



धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीबाट कोभिड-१९ को प्रयोगशाला जाँच सेवा आजबाट सुरु भएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर आज जडानकार्य पुरा भएपछि आज साँझदेखि परीक्षण शुरु भएको हो ।

अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बिहीवार साझबाट कोभिड-१९ को प्रयोगशाला जाँच शुरु भएको बताए । उनले एउटा नमुनाको रिपोर्ट आउन एक घण्टा १० मिनेट लाग्ने बताए ।

प्रयोगशाला नभएका कारण आजसम्म थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएको थियो । रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेकोमा अब सेती प्रादेशिक अस्पतालबाटै उक्त सेवा लिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्