कोरोनाबारे किन सतर्क हुन खोज्दैनन् मानिस ?



काठमाडौं : विश्व अहिले अदृश्य रोगसँग जुध्दै छ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस अहिले विश्वको २ सय ३ देशमा फैलिसकेको छ भने नेपाल पनि यसबाट अछुच रहन सकेको छैन ।

त्यासोत कोरोनाभाइरस शुरु भएयता तीन महिनामा तीन लाखभन्दा बढी नेपालीहरु देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमको तथ्यांकले देखाएको छ ।

त्यसोत छिमेकी मुलुक भारतमा पनि कोरोनाभाइरस (कोभिड–१९) संक्रमित व्यक्ति फेला पर्न थालेपछि भारत सरकारले लकडाउन २१ दिन लामो लकडाउन लागू गर्यो ।

तया नेपालमा पनि चैत १० गते कोरोना संक्रमित व्यक्ति फेला परेपछि नेपाल सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म नेलाप लकडाउन गर्ने घोषणा गर्यो ।

यस अवधिमा भारत र नेपालमा लकडाउन शुरु भएपछि पनि भारतबाट मात्रै थप दशौँ हजार मानिसहरू नेपाल फर्किएका बताइन्छ ।

आवश्यक परेमा ती नेपाली खोज्न सकिन्छ ? यी प्रश्नको जवाफ सजिलो छैन ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका ६ जना व्यक्तिहरू विदेशबाट फर्किएको पुष्टि भइसकेको छ । चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएका मध्ये तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । त्यस विमानमा १५८ जना नेपाल आएका थिए भने १३० जना प्रहरीको सम्पर्कमा आइसकेका छन् भने २८ जना प्रहरी सम्पर्कमा आएका छैन ।

त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत ४६९ जना नेपाल आएका थिए ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए ।

कोरोनाभाइरसको सङ्क्रमण रोक्न सरकारले नेपाल फर्किएका कतिपय व्यक्तिको ठेगाना पत्ता लागाएको छ तर सबै सम्पर्कमा नआएको बताउँछन्–नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशी ।
जनवरी महिनामा १ लाख २२ हजार ६ सय २९, फेब्रुअरीमा १ लाख १२ हजार ३ सय ४३ र मार्च महिनामा ६५ हजार ८ सय ४५ नेपालीहरू हवाई मार्गमार्फत नेपाल फर्किएको तथ्याङ्क छ ।

तर विमानस्थलमा उनीहरूको टेलिफोन सम्पर्क जस्ता विवरण सङ्कलन नगरिएकाले उनीहरू कहाँ–कहाँ छन् भनी पत्ता लगाउन सजिलो नभएको प्रवक्ता जोशीले बताए ।

विश्वमा कोरोनाभाइरस संक्रमण फैलिएपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले विभिन्न देशका नागरिकहरूलाई ‘अनअराइभल’ भिसामा रोक लगायो भने नेलाप नै लकडाउन गर्यो ।

शुरुमै त्यसमा ध्यान दिन नसक्दा उनीहरू सबैको ठेगाना पत्ता लगाउन निकै कठिन रहेको अधिकारीहरू बताउँछन् ।

चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत नेपाल फर्किएकी एक युवतीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयले दोहाबाट नेपाल फर्किएका व्यक्तिहरूको ठेगाना पहिचान गर्दैछ ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अन्य केही उडानका यात्रुहरुका विवरण पनि प्रहरीलाई उपलब्ध गराएको छ ।

तर पासपोर्टमा रहेको ठेगानाको आधारमा मानिसहरू पत्ता लगाउन कठिन भएको प्रवक्ता जोशीले बताए ।

उनले भने–पासपोर्टमा भएकै ठेगानाको आधारमा हामीले मानिसहरू पत्ता लगाउने हो तर सबैजना गृह जिल्लामा नै फर्केका छन् भन्ने होइन ।’

यसरी विदेशबाट फर्किएका नेपालीहरूको समयमा विवरण सङ्कलन गर्न नसक्दा र सरकारले उनीहरूलाई क्वारेन्टाइनमा राख्न नसक्दा कोरोनाभाइरसको सङ्क्रमण फैलिने जोखिम उच्च बन्न पुगेको बताए ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले सरकारले लागू गरेको लकडाउन आम नेपाली सर्वसाधारणको जिवन रक्षाको लागि रहेको बताएका छन् ।

‘यो लकडाउन अवधि हो । सकेसम्मका स्वास्थ्य सतर्कता अपनाउने बेला हो । निरन्तर देश, दुनियाँ हेर्ने र सामूहिक दुःखको सामना गर्न तयार हुने बेला हो । जिम्मेवार नागरिकका रूपमा सरकारलाई सहयोग गर्नुपर्ने अति संवेदनशील समय हो ।’ उनले भने ।

उनले भने–‘सरकारले लकडाउन गरेको यो हाम्रो लागि हो । मुलुमा कोरोना संक्रमण फैलिदो क्रममा छ । लकडाउन हामी सबैको लागि नयाँ छ । हामी सिक्दै पनि छौं । हामी सबै अनुसाशित हौँ, यो समयामा सम्यम भएर घरमै बसिदिनुहोला । अति आवश्यक कामका लागि बाहिर निस्कन रोक छैन, तर भिड नगराइदिनु होला । लकडाउन हुन त सरकारले गरेको निर्णय हो तर यसलाई हामीले आफैँले आफैँलाई दिएको आदेश हो र यसको पालना गरौं ।’

त्यसोत यो समाचार तयार पार्दा विश्वभर ९ लाख ८१ हजार २ सय ५८ जना मानिस कोरोना संक्रमित भइसकेका छन् भने ५० हजा २ सय ५३ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै २ लाख ६ हजार २ सय ६४ जना निको भइसकेका छन् ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस संक्रमण हाल विश्वको २ सय ३ देशमा फैलिसकेको छ भने अझै फैलिनसक्ने डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्