दुर्घटनामा दुर्इकाे मृत्यु



लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ निवासी ३५ वर्षीय अशोक झाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा परी गम्भीर घाइते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्