खेल र खेलाडीबारे जानकारी गराउन राखेपको आग्रह



काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेल र खेलाडीबारे जानकारी गराउन आग्रह गरेको छ । राखेपले एक विज्ञप्ति जारी गर्दै खेलाडी तथा तिनका परिवारबारे जानकारी दिन आग्रह गरेको हो ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले राखेपअन्तर्गतका सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, निर्देशक तथा उप –निर्देशकहरू, प्रशिक्षकहरू, शाखा प्रमुखहरु, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुखहरु तथा सम्पूर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुखहरु एवं सम्पूर्ण कर्मचारीहरु र खेलाडीहरुलाई सम्बोधन गर्दै जानकारी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्