राहत वितरण एकद्वार प्रणालीबाट



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन भनेको छ

आज एक सुचना जारी गर्दै राहत वितरणमा दोहोरोपना हुन नदिने गरि विभिन्न व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय लगाएतबाट उपलब्ध गराइने सम्पुर्ण राहत स्थानीय तहमा जम्मा गरी एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न भनेको हो।

त्यस्तै राहत वितरणको दैनिक प्रतिवेदन मन्त्रालयमा पठाउन समेत भनेको छ। कोरोनाका कारण श्रमिक वर्ग, विपन्न तथा असहायहरुलाई दैनिक जीवन याजनका लागि राहत उपलब्ध गराउने काम सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्