पोखरामा कसैमा कोरोना भएको पुष्टि भएको छैन : स्वास्थ्य मन्‍त्रालय



काठमाडौं : पोखरामा कसैमा कोरोना भाइरस संक्रमण भएको पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट मन्त्रालयले पुष्टि गरेको हो ।

विभिन्न सञ्चार माध्यममा पोखरामा कोरोना भाइरस संक्रमण पोजेजिभ भएको पुष्टि गरेपछि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाः विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन्।

प्रवक्त डा. देवकोटाले भने, ‘विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ तर पोखरामा कुनै पनि केस पुष्टि भएको छैन।’

प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने बताए।

देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्