ओलम्पिक छनोट जुन २९ भित्र सक्न निर्देशन



एजेन्सी : अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ओलम्पिक छनोटको नयाँ समय सिमा निर्धारण गरेको छ । आईओसीले शुक्रबार सार्वजनीक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ ।

यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता यस बर्ष स्थगित गरिएको थियो ।

लगत्तै सदस्य राष्ट्रसंग छलफल गरेर आईओसीले ओलम्पिक आयोजना २०२१ मा जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना गर्ने नयाँ मिति तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्