बसमा पाकेट मार्ने पाँच भारतीय महिला पक्राउ



काठमाडौं: सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुलाई बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर यातायातबाट पक्राउ गरेको हो।

बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले बताए। उनीहरुले सुस्मिता कुँवरको ५२ हजार रुपैयाँ पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरिएको उनले जानकारी दिए।

“सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”, उनले भने। पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारबाही अघि बढाइने वृत्तले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्