अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ



काठमाडौं: प्रहरीले अवैध अमेरिकी डलर १९ हजार ७ सयसहित इजरायली नागरिकलाई पक्राउ गरेको छ।  त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो। 

काठमाडौंबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्