जुरेपीडितले अझै पाएनन राहत



सिन्धुपाल्चोक: साढे चार वर्षअघि एक सय ४५ सयको ज्यान जानेगरी भएको जुरे पहिरो घटनाका पीडितका नाममा संकलित राहत अहिलेसम्म वितरण गरिएको छैन छ। उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन्। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री र राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा बिहीबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पाँच गाउँ सुनकोसीमा विलय गराउने जुरे पहिरोबाट पीडित बनेकालाई राहत दिने विषयमा सरकारले लिएको निर्णय मान्य नहुने अडानसमेत लिएको छ।

जुरे प्रभावितहरू पहिरो र भूकम्पको दोहोरो मार खेप्न बाध्य भएको निष्कर्षसमेत बैठकले निकालेको उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए। बैठकले पीडितका नाममा संकिलत नगद राहत वितरणमा विलम्ब गरिएकोमा असन्तुष्टि जनाएको छ। ‘पहिला जुरे पहिरो र त्यसपछि भूकम्पबाट पीडित भएकाहरूले दुवैखाले राहत पाउनुपर्छ,’ बैठकको निर्णय सुनाउँदे अधिकारीले नागरिकसँग भने।

 सरकारको निर्णयमा जुरेपीडितले भूकम्प प्रभावितको नाममा तीन लाख रुपैयाँ अनुदान लिएको भए संकलित राहत रकम नदिने उल्लेख छ। जुरे पहिरोको घटनापछि जनस्तरबाट पीडितका लागि सवा दुई करोड रुपैयाँ नगद राहत संकलन भएको थियो। समयमै निर्णय गर्न नसक्दा वितरण हुन नसकेको उक्त रकम सरकारले अझै अड्काउँदै आएको छ। सरकारसँगको स्वीकृतिमा दैवी प्रकोप समितिले खोलेको विशेष खातामा संकलन भएको राहत रकम पछिल्लो समय गृह मन्त्रालयको निर्णयले वितरणमा समस्यासँगै विवाद थपेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्