सेरोगेसीको माध्यमबाट अभिभावक बन्दै कलाकारहरु



मुम्बई :  अहिले बलिउडमा विवाह नगरिकन आमाबाबु बन्ने चलन धेरै चलेको छ । अहिले अविवाहितले मात्र नभई विवाहित कलाकारले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिने गरेका छन् ।

अभिभावक बन्नका लागि आजको समयमा परम्परागत माध्यम मात्रै सीमित छैन । मानिसहरु अहिले विकल्पको रुपमा बच्चा एडप्ट गर्ने, शुक्राणु तथा अण्डादान र सेरोगेसीको माध्यमबाट सन्तानको इच्छा पूरा गरिरहेका छन् ।

तर अझै पनि यी सबै कुरालाई समाजमा सहज रुपमा हेरिएको छैन । तैपनि अहिले सेरोगेसी अभिभावक बन्ने एक लोकप्रिय माध्यम बनेको छ । अहिले कयौं चर्चित कलाकार यही प्रविधिको प्रयोग गरेर आमाबाबु बनेका छन ।

सेरोगेसीको शब्द ‘सबरोगेट’ बाट आएको हो । यसको अर्थ हुन्छ आफ्नो कामको लागि अरुलाई नियुक्त गर्नु । सेरोगेसी पनि थरिथरिका हुन्छन् । एउटा ट्रेडिशनल सेरोगेसी जसमा सन्तान चाहने जोडीले  बुवाको शुक्राणुलाई एक स्वस्थ महिलाको अंडाणुमा प्राकृतिक रुपले राखिन्छ ।

त्यो शुक्राणुलाई महिलाको नेचुरल ओव्युलेशनको समयमा राखिन्छ । यसमा बुवाको मात्रै जेनेटिक सम्बन्ध हुन्छ । त्यसै गरेर जेस्टेशनल सेरोगेसीमा आमाबाबुको अंडाणु वा शुक्राणुलाई मेल परखनली विधिले भु्रणलाई सेरोगेसी आमाको बच्चादानीमा प्रत्यारोपित गरिन्छ । यसमा आमा र बुवा दुवैको जेनेटिक सम्बन्ध हुन्छ । बलिउडमा सेरोगेसीको माध्यमबाट अभिभावक बनेका कलाकारहरुमा शाहरुख खान, करण जोहर, तुषार कपुर, आमिर खान, कृष्णा र कश्मिरा शाह, सोहेल खान, एकता कपुर लगायतका कलाकारहरु रहेका छन् ।

बलिउडमा सेरोगेसीको माध्यमबाट सन्तान सुख प्राप्त गर्नेहरुको लिस्टमा शाहरुख खान र गौरी खानको नाम पहिलो नम्बरमा आउँछ । शाहरुख र गौरीले तेस्रो सन्तानको   रुपमा छोरा अबरामलाई सेरोगेसीको सहायतामा जन्म दिएका हुन् ।

नायक आमिर खान र उनकी दोस्री पत्नी किरण रावले पनि सेरोगेसीको सहायताबाट अभिभावक बनेका छन् । आमिर र किरणले सेरोगेसी सेलिब्रेटी एजेन्सीको सहयोगबाट एक छोरालाई जन्म दिएका छन् । उनीहरुले छोराको नाम आजाद राव खान राखेका छन् ।

बलिउडका फिल्म निर्माता तथा निर्देशक करण जोहर विवाह नगरिकनै दुई जुम्ल्याहा सन्तान (एक छोरा र एक छोरी)का पिता भएका छन् । उनले छोराको नाम यश र छोरीको नाम रुही राखेका छन् । भारतीय कमेडियन कृष्णा र उनकी श्रीमती कश्मिरा शाहले पनि सरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तान जन्माएका छन् ।

सलमानका भाई सोहेल खान र उनकी पत्नीबाट एक सन्तानको जन्म भइसकेको थियो । पहिलो सन्तानको रुपमा छोराको जन्म भएको १० वर्षपछि सोहेल र उनकी पत्नी सीमाले फेरि अर्को सन्तानको इच्छा सेरोगेट आमाको माध्यमबाट पूरा गरेका छन् ।

बलिउड नायक तुषार कपुरले अहिलेसम्म विवाह गरेका छैनन् । तर उनले पिता बन्ने इच्छा भने सेरोगेसीको सहायताबाट पूरा गरेका छन् । उनी यस पद्दतिको सहायताबाट एक छोराका पिता बनेका छन् । तुषारको यस निर्णयको बलिउडका कलाकारहरुले निकै प्रशंसा गरेका थिए ।

फिल्म, टेलिभिजन कार्यक्रम र सिरियलको निर्माता एकता कपुर पनि सेरोगेसीकै माध्यमबाट छोराको आमा बनेकी छन् । उनको बच्चाको जन्म यही २७ जनवरीमा भएको  छ । एकता नायक जितेन्द्र र निर्माता शोभा कपुरकी छोरी हुन् । (एजेन्सीको सहयोगमा) 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्