भुलेर पनि घरमा राख्न नहुने तस्बिरहरु



एजेन्सी :  मानिसहरु घरलाई विभिन्न किसिमबाट सजाउने गर्छन् । यसले घरलाई आकर्षक र सुन्दर बनाउँछ । अझ घरका विभिन्न कोठालाई विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर घर वा कोठामा सजाउन योग्य हुन्छ भन्ने हुदैंन ।  

घर वा कोठामा राखेका तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेक मोडमा नकारात्मक प्रभाव पार्ने गर्छ । वास्तुशास्त्रका अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सुन्दर बनाउन हुँदैन । जसमा यस्ता केही तस्बिर पर्छन् जसले घरमा अशुभ गराउँछ ।

यदि कुनै तस्बिरमा पानी बगिरहेको, छाँगा (छहरा) लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउनु नै उत्तम हुन्छ । किनकी वास्तुशास्त्रका अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि बिनाकारण खर्च भइरहेको हुन्छ ।

डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नु हुँदैन । हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ । यसले भाग्यमा असर पुग्न सक्छ ।

बजारमा केही यस्ता तस्बिर भेटिन्छन्, जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्न नहुने वास्तुशास्त्रले बताउँछ । यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रमक हुने र रिसालु हुन् सक्छन्  । त्यसैले भुलेर पनि घरमा यस्तो तस्बिरहरु राख्नु हुँदैंन् । 

प्रतिक्रिया दिनुहोस्