सडेगलेको अवस्थामा महिलाको शव फेला



काठमाडौं : काठमाडौंको नागार्जुन नपरपालिका–६ रामकोटस्थित डाँडापौवा सामुदायिक वनभित्र बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।

 

सामुदायिक वनभित्र पैयुँको रुखमा नाईलनको डोरिले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी अन्दाजी ४०–४५ वर्षीया महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

बिहिबार मृत फेला परेको महिलाको शव स्थानीयले पहिचान गर्न नसकेपछि महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले मातहतका ईकाइहरुमा हुलियासहित पत्राचार गरेको छ ।

 

रातो रंगको दुईवटा स्विटर, रातो पच्छ्यौरा, रातोमा हरियो कालो मिक्स भएको लुङ्गी लगाएकी र कपाल रातो बनाएकी आफन्त वा परिवारको सदस्य हराएको भएमा महानगरीय अपराध महाशाखामा ९८५१२८३०३२ मा सम्पर्क गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।

 

मृतक महिलाको साथबाट थैलीमा राखेको अवस्थामा नगद ४१ हजार १५० रुपैयाँ फेला परेको छ । 

प्रतिक्रिया दिनुहोस्