‘क्याप्टेन’को ट्रेलर सार्वजनिक, अनमोल केसीले भनेः ‘भारतले नेपाललाई हेप्यो’



काठमाडौं : चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सो क्रममा चलचित्रका नायक अनमोल केसीले भारतले नेपाललाई हेपेको बताउँदै आफूहरुले बनाएको चलचित्रले देशको स्वाभिमानको कथा बोल्ने बताए । उनले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको तर्क गरे । 

अनमोलले अगाडि भने– ‘सबै नेपालीमा एकता हुनुपर्छ र देशका लागि कुनै न कुनै रुपमा योगदान गर्नुपर्छ भन्ने कथामा क्याप्टेन बनेको छ ।’ 

अनमोलले आफूलाई विश्वमै मनपर्ने खेलाडी ‘मेस्सी’ भएको बताए । 

यस्तै, नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले आफूहरुको नयाँ चलचित्र भएतापनि निकै मिहिनेत गरेर शतप्रतिशत दिन खोजेको बताए । 

चलचित्रका निर्माता भूवन केसीले चलचित्र बम्पर हिट भएपनि यसको सिक्वेल नबनाउने बताए । यो चलचित्र बनाउन निकै गाह्रो भएकाले सिक्वेल नबनाउने उनको भनाई छ । चलचित्रले खेलकुदको माध्यमबाट राष्ट्रियताको कथालाई उठान गरेको केसीले जानकारी दिए । 

चलचित्रका निर्देशक दिवाकर भट्टराइले राम्रो कथामा उत्कृष्ट चलचित्र बनाएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्