कल्याणकारी कोषद्धारा चलचित्र प्राविधिकलाई सहयोग गर्न अभिनेत्री करिश्माको माग



काठमाडौं– लकडाउनका कारण चलचित्र प्राविधिकहरुलाई हात मुख जोर्न समस्या भएपछि अहिले विभिन्न चलचित्रर्मीहरुले सहयोग गरिरहेका छन् ।

हुनत चलचित्रकर्मीको सहयोगका लागि भनेर १८ वर्ष अगाडि विकास बोर्डले स्थापना गरेको कल्याणकारी कोष पनि छ । यसको ब्याजबाट कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गदै अएको छ ।

तर, यतिबेला रोजीरोटी गुमेका प्राविधिकलाई सहयोग गर्न भने यो कोषबाट एक रुपैयाँ पनि निकासा भएको छैन । यो विपत्तको समयमा चलचित्रकर्मी कल्याणकारी कोषमा रहेको रकमबाट बिहान बेलुका हातमुख जोर्न समस्या भएका प्राविधिकको परिवारलाई सहयोग गर्न चलचित्रकर्मीबाट आवाज उठ्न थालेको छ ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा एउटा स्टाटस लेख्दै लकडाउनका कारण आर्थिक समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई चलचित्र विकास बोर्डको कल्याणकारी कोषमा भएको रकम निकासा गर्न सरकारसंग माग गरेकी छिन् ।

अमेरिकामा रहेका निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलद्वारा चलचित्रका प्राविधिकहरुलाई चन्दा संकलन गर्न आवश्यक नरहेको आशयको स्टाटसलाई शेयर गर्दैै अभिनेत्री मानन्धरले उक्त माग राखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्