बझाङ जिल्लालार्इ राम्ररी चिनाैं (फाेटाेफिचर)



बझाङमा अाफैंमा चर्चित जिल्ला हाे । बझाङ भन्ने शब्द भूलेपनि धेरैले एकचाेटी अवस्य पढेकै हुनुपर्छ । राजा जयपृथ्वी बहादुर सिंहले बझाङकाे नाम संसारभर चिनाउन अग्रणी भूमिका निर्वाह गरेका छन् । एक ठाउँबाट अर्काे ठाउँ हेर्दा मात्रै बझाङ त्यहाँ जाउँ जाउँ लाग्ने भू-स्वर्ग हाे । 


पर्यटकिय क्षेत्र सम्भावना

साइपालबाट बगेकाे सेती नदीले बझाङकाे पर्यटकिय लय मिलाएकाे छ । नदी वारिपारिका बेसीफाँटहरु पनि लाेभ लाग्दा छन् । त्याे भन्दा चढ्ने हाे भने बझाङ निकै सुन्दर छ । पैदाल यात्रा गर्न गाह्राे भएपनि अाफूभित्रकाे घुम्ने उत्साहले थकाइ नै बिर्साउने बझाङकाे वातावरण सृजित छ । चाडपर्वका बेला लाग्ने बझाङ लाग्ने मेलाले त झन् भाेक प्यासै मेटाइ दिन्छन् । 

 

बान्निकाेट, बुङ्गल क्षेत्र, सुर्मा क्षेत्र, तल्काेट क्षेत्र, खप्तडछान्ना क्षेत्र, छबिसपाथिभेरा, चैनपुर अासपास, जयपृथ्वीनगर, तपाेवन, पुगर, कैलास विनायक, रिलु लगायतका क्षेत्रहरु निकै माेहनी लगाउछन् । बझाङमा यस्ता धेरै पर्यटकिय सम्भावना भएपनि प्रचारमा अाएका छैनन् ।

 

साइपाल र खप्तड त सबैकाे मुखमा झन्डिएकै ठाउँ हुन् । साविककाे हेमन्तवाडा गाविसकाे उत्तरदक्षिणमा रहेकाे पुगर पछाडीकाे करिब २०० मिटर लामाे भ्याकुण्डे झरना, बयानामा रहेकाे झरना, गडरायमा रहेकाे झरना त सायद कसैले सुनेकै छैनन् । 

 

हेमन्तवाडाकै खुड्युउन जङ्गलले कम माेहनी लगाउँदैन । घना जङ्गल, खाेलानाला र सबै किसिमका बन्यजन्तुकाे बासस्थान याे जङ्गलमा गाेठालाहरु चैत, बैसाखमा भैँसी चराउन लग्ने गर्दछन् । यस्तै कैलासकाे माथि रहेकाे विनायक जङ्गल, खप्तडछान्ना, थलाराका सम्भावना अझ बढी छन् । 


मापन तथा नक्सांकन 

जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा बैतडी र दार्चुला, दक्षिणमा अछाम र डोटी, उत्तरमा चीनको स्वशासित प्रदेश तिब्बत्त पर्दछ । 

 

जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटरदेखि आकासिदै सेतीको उद्गमस्थल सार्इपाल हिमाल ७०३७ मिटर उचाईसम्म विस्तारित देखिन्छ ।

 

जिल्लालार्इ स‌ंघिय संरचना अनुसार २ नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानिय तहमा विभाजन गरिएकाे छ । प्रमुख नदी नालाहरुमा सेती नदी, तारुगाड, बाउलीगाड, कालंगा,  सुनीगाड, तलकोटी गाड आदि हुन् ।

 

जिल्ला सदरमुकाम चैनपुर नजिकै सिमखेतसम्म यातायातको व्यवस्था  छ । भने जिल्लाका अन्य भू-भागमा पनि जीपहरु  सञ्चालित छन् ।

 


हावापानी र रहनसहन

बझाङ जिल्ला सुदूरपश्चिम प्रदेश सेती अञ्चलको एक हिमाली जिल्ला हो । जिल्ला हिमाली भएपनि यहाँ तीन किसिमकाे हावापानी छ । बझाङकाे देउरा सबैभन्दा गहिराे स्थान हाे । जहाँ दिपायल, नेपालगञ्जझैं गर्मी अनुभव हुन्छ । देउरामा तराइमा पाइने सालका रुख पनि देख्न सकिन्छ । रायलदेखि सेती नदीकाे दुवै किनारामा साना ठूला बेसीहरु छन् । जहाँ मध्यम खालकाे हावापानी पाइन्छ । यी फाँटमा धान,गहुँ र दलहन बालीहरु निकै फल्ने गर्दछन् । यहाँ फलफूलहरुमा अाँप, अम्बा, केरा लगायतका अत्यधिक रुपमा फल्ने गर्दछन् । 

 

यी बेसीभन्दा उच्चभाग र साइला बगडभन्दा माथिका सबै भू-भाग हिमाली क्षेत्र हाे । यहाँ हिउँदमा बाक्लाे हिउँ पर्ने गर्दछ । याे क्षेत्रमा रुखाे खेती हुने गर्दछ । यहाँ काेदाे, गहत, धान लगायतका अन्नबाली पाइन्छन् । जाडाे बढी हुने भएकाले यहाँ पशुपालन लगायतका काम गरेर जीवन गुजार्ने गर्दछन् । यहाँ सल्ला, बाँझ लगायतका रुखहरु पाइन्छन् । बझाङका मानिसहरु बरिखामा लेकतिर बस्ने हिउँदमा बेसी झर्ने गर्दछन् । यस जिल्लाको सदरमुकाम चैनपुर जनपा १० मा  अवस्थित छ ।

 

जिल्लाको उत्तरी भेगमा झ्याउ, काई, काँडेदार विरुवा पाईन्छन भने जनावरहरुमा कस्तुरी मृग, डाँफे, सेतो भालु, आदि पाइन्छन् । जडिबुटीहरुमा यार्सागुम्बा , हत्ताजडी , सतुवा , कटुकी, बोजो, सजाईनो, गुरजो आदि छन् । जिल्लाका प्रमुख वनस्पतिको रुपमा बाँज, गुराँस, उतीस, लौउट, सल्लो, निगालो रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्