काठमाडौँ परिसर प्रमुख लामाका सुराकी निलम्बित



काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाको घुमुवाको रुपमाकामगर्दै आएका २ प्रहरीलाई ब्यापक जनदवाव परेपछि परिसरले निलम्वन गरेको घोषणा गरेको छ । अत्याधिक मादक पदार्थ सेवन गरी मोटर साइकल चलाएर हिडेको अवस्थामा डिउटीमा रहेको भक्तपुर प्रहरीले उनीहरुलाई मनहरा खोला नजिकैबाट पक्राउ गरेको थियो ।

उनीहरुले आफु काठमाडौँ परिसर प्रमुखको सुराकीको रुपमा कार्यरत रहेको भन्दै सुरक्षा चेकजाचमा बसेका प्रहरीसंग समेत झगडा गरेकाथिए । प्रहरी प्रधानकार्यालयले मादक पदार्थ सेवन गरे सवारी चलाउने माथि कारवाही गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमलालाई निलम्वन गरेको परिसरले जनाएको छ ।

हाल भक्तपुर प्रहरी परिसरको हिरासतमा रहेका ढुंगाना काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाको सुराकी हुन। अनियन्त्रित रुपमा मोटरसाइकल चलाइरहेको खबर भक्तपुर प्रहरी परिसरमा पुगेपछि भक्तपुर प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठले उनीहरुलाई पक्राउ गर्न आदेश दिएपछि दुवै जना नेपाल प्रहरीमा कार्यरत रहेको जवानभएको पत्ता लागेको थियो ।

चेकजाँच गर्ने प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा उनीहरुले डियूटीमा रहेका सुरक्षाकर्मीसंग विवाद गर्दै अपशब्द प्रयोग गरेका थिए । त्यसपछि सोधपुछका क्रममा उनीहरु प्रहरी भएको खुलेको थियो । दुवै जनालाई अहिले भक्तपुर प्रहरी परिसरमा राखिएको समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्