नेपाल आइडल सिजन–२ का विजेता अमेरिका जाने



काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता अमेरिका जाने भएका छन् । नेपाल आइडल सिजन २ का विजेता रवि ओड, प्रथम फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अप्रिलमा कार्यक्रमका लागि अमेरिका जाने भएका हुन् ।

 

आयोजक केटीएम इन्टरटेन्टमेन्टका अनुसार नेपाल आइडल २ का विजेता तथा उपविजेताले  अमेरिकाका विभिन्न सहरमा कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यकमको सुरुवात बोस्टन सहरबाट हुनेछ । बोस्टनको वनडरल्यान्ड बलरुममा अप्रिल १२ मा कार्यक्रम सुरु भई मे १२ मा सेन्ट लुइसमा सम्पन्न हुनेछ ।

 

आयोजकका अनुसार अप्रिल १२ मा बोस्टन, अप्रिल १३ मा न्युयोर्क, अप्रिल १९ मा बाल्टिमोर, अप्रिल २० वासिङ्टन, अप्रिल २७ मा मिनेसोटा, अप्रिल २८ मा ड्यालस, मे ३ मा अस्टिन, मे ४ मा सनफ्रान्सिस्को, मे ११ मा लसएन्जेलसमा कार्यक्रम हुनेछ । कार्यक्रमको सञ्चालन नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले नै गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्