दुई लाख नगदसहित १२ जुवाडे पक्राउ



काठमाडौँ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार राति पक्राउ गरेकाे हाे ।

 

पक्राउ पर्नेमा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङ छन् ।

 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले तास र कौडा खेलिरहेको अवस्थामा दुई लाख २० हजार ७ सय ५ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ । पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्