किशन र रेश्माको ‘कुम जोडी नाचौँ लाग्यो’ सार्वजनिक (भिडियो)



सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गीत ‘कुम जोडी नाचौँ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

रेग्मीको यस अघिको ‘कान्छी हे कान्छी’ गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए। रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्षसमेत हुन्। ‘कुम जोडी नाचौँ लाग्यो’ डान्सिङ बिटको गीत हो। जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानलमार्फत सार्वजनिक भएको छ।

 

गीतको म्युजिक भिडियोको निर्देशन शिशिर राणाले गरेका छन्। राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो जसलाई कमल राइले कोरियोग्राफी गरेका छन् भने शिव ढकालले छायाँकन गरेका हुन।

 

भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ। शिव शर्मा चञ्चलको शब्द र एसडी योगीको संगीत रहेको यस गीत अमेरिकाको एएचएस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्