सेनाको जिम्मेवारीका विषयमा सोच्ने बेला भएको छ : अख्तियार प्रमुख घिमिरे



पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नेपाली सेनालाई गैह्सैनिक क्रियाकलापमा निर्देशित गर्ने कि राख्ने हो कि के हो सोच्नु पर्ने बेला आएको बताएका छन्।

 

सु–शासनका लागि नागरिक समाज (सुनास)को आयोजनामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नागरिक समाजको भूमिका विषयमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन्। नेपाली सेनाका बारेमा अब नेपाल सरकार कानुन निर्माताले सोच्ने समय आएको उनको भनाइ छ। 

 

आफूसँग शिष्टाचार भेटका लागि नेपाली सेनाका प्रमुख आएको बेलामा यस बिषयमा छलफल भएको उनले बताए। जाजरकोट दुनई सडक निर्माणमा ठूला चट्टान आएपछि व्यवसायीले नसक्ने अस्था आएर नेपाली सेनालाई गुहारिएको उनले सुनाए। 

प्रतिक्रिया दिनुहोस्