२ जना किशोरीलाई बलात्कार गर्ने लिम्बु पक्राउ



तेह्रथुम : दुई किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

फेदाप गाउँपालिका १ पोक्वा पोक्लावाङ बस्ने ४१ वर्षिय काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले १९ वर्षिय र १३ वर्षिय किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँकी एक १७ वर्षिय किशोरीलाई गत शुक्रबार राति र १३ वर्षिय किशोरीलाई बुधबार साँझ उनले बलात्कार गरेका हुन् ।

बलात्कार गरेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्