झापाको राहत कोषमा ५ करोड



झापा : झपाका १५ स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा ५ करोड भन्दा बढी रकम जम्मा भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कोभिड-१९ रोकथाम, उपचार तथा राहत कोषमा हालसम्म ५ करोड २ लाख ६० हजार ६१७ जम्मा भएको हो ।

स्थानीय सरकारका तर्फबाट ३ करोड ९० लाख ९३ हजार जम्मा गरिएको छ भने बाँकी रकम स्थानीय संघ संस्था तथा दाताले स्वेच्छिकरुपमा जम्मा गरेका छन् । वर्तामोड नगरपालिकाले सबैभन्दा धेरै रुपैयाँको कोष स्थापना गरेको छ ।

विर्तामोडको कोषमा ८३ लाख ८६ हजार ६९५ जम्मा भएको छ । दमक नगरपालिकाको कोषमा ५७ लाख १० हजार जम्मा भएको छ । कोषमा ३० लाख नगरले जम्मा गरेको छ । यता बाह्रदशी गाउँपालिकामा ५५ लाख र कनकाई नगरपालिकामा ४४ लाख १४ हजार ९२२ रकम जम्मा गरिएको छ ।

मेची नगरपालिकामा ४० लाख ८५ हजार र अर्जुनधारा नगरपालिकामा १६ लाख ५१ हजारको कोष खडा भएको छ । कचनकवल गाउँपालिकामा रु ३२ लाख ६६ हजार र कमल गाउँपालिकामा रु १९ लाखको कोष खडा गरिएको छ । गौरादह नगरपालिकामा ३३ लाख २२ हजार र गौरीगञ्ज गाउँपालिकामा ३७ लाखको कोष खडा गरिएको छ ।

झापा गाउँपालिकामा ३५ लाख र बुद्धशान्ति गाउँपालिकामा १२ लाख ३२ हजारको कोष स्थापना भएको छ । भद्रपुरमा २७ लाख ९३ हजार र शिवसताक्षी नगरपालिकले १५ लाखको कोष स्थापना गरेको छ । हल्दिबारी गाउँपाालिकामा रु १९ लाखको कोष स्थापना भएको छ ।

जिल्ला समन्वय समितिले समेत ५० लाखको कोभिड-१९ रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेको र सो कोषमा आठ नगरपालिकाले रु तीन-तीन लाख तथा सात गाउँपालिकाले २-२ लाख गरी ३८ लाख जम्मा गर्न अनुरोध गरे पनि तीनस्थानीय तहबाहेक अन्यले रकम जम्मा नगरेको पोर्तेलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्