सांसद यादव क्वारेन्टाइनमा जानुको भित्रीकथा



वीरगन्ज : लकडाउनका कारण सिमावर्ती शहर भारतको रक्सौलस्थित क्वारेन्टाइनमा रहेका आफ्ना नेपाली जनताको अवस्था बारे बुझ्नजाँदा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभासदस्य प्रदीप यादव क्वारेन्टाइनमा बस्नु परेको छ ।

यादवसहित २ जना संचारकर्मी र एकजना गाडी चालकलाई क्वारेन्टाइनमा राखिएको छ ।

रक्सौलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई बुधबार भेटेर फर्किएका सांसद यादव बिहिबार गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा घरभित्रै क्वारेन्टाइनमा बसेका छन् ।

गृहको निर्देशनलाई पालना गराउँन प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले साँसद यादव सहित २ संचारकर्मी र उनका गाडीका चालकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

प्रजिअ कार्कीले बिहीबार आफै फोन गरेर सांसद यादवसहितका ४ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

लकडाउनको समयमा सीमापारी गएर त्यहाँ क्वारेन्टाइनमा बसेकाहरुलाई भेटेर फर्किएको कारण क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै बिहीबार यादवका विपक्षी सहित सामाजिक सन्जालमार्फत चर्को दबाब दिएका थिए ।

त्यसपछि प्रजिअ कार्कीले चारैजनालाई फोन गरेर होम क्वारेन्टाइनमा बस्न भनेका हुन् ।

सांसद यादवले पनि होम क्वारेन्टाइनमा बस्न प्रमुख जिल्ला अधिकारी कार्कीले फोन गरेको जानकारी दिए ।

‘सिडिओ साबले फोन गरेर चौतर्फी दबाब आयो, होम क्वारेन्टाइनमा बसिदिनुस् भनेर आग्रह गर्नुभयो’, सांसद यादवले भने, ‘अहिले म घरमै छु लकडाउनको समयमा खटिरहेका प्रशासन र प्रहरीको मनोबल उच्च बनाउन मैले क्वारेनटाइन बस्नु परेको हो ।’

‘मैले करिब एक महिनादेखिको लागातार खटाइबाट सास फेर्ने समय पनि पाएँ । रक्सौलका क्वारेन्टाइनमा राखिएका नेपालीहरुसँग नभेटि बस्न सकिन ।’ उनले प्रतिक्रिया दिए ।

‘अरु सिमामा पनि नेपालीहरु रोकिएका छन्, त्यता जान नपाए पनि नजिकमा रहेको रक्सोलमा पुगी त्यहाँ गरिएको ब्यवस्थापन र सुबिधाहरु के कस्तो रहेको जान्न चाहे,’ उनले भने, ‘मैले पर्साका सिडिओसाबलाई पनि जानकारी गराएरै गएको हुँ, तर आज आएर मिडियामा उनको फरक भनाई हेरे ।’

विपक्षीको टाउको दुखाइको भित्री रहस्य

लकडाउनको मारमा परेका जनतालाई सासद यादवले निरन्तर सहयोग गरीरहेको र जनताको मन जित्न सफल भएको देख्न नसक्दा उनका विपक्षीले खेदो खन्ने काम गरीरहेको प्रतिक्रिया पनि आइरहेका छन् ।

यहाँका नीजि अस्पतालले समान्य ज्वरोका विरामीलाई समेत भर्ना नलिएको अवस्थामा सासद यादवले आफ्नो पहलमा नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि २० वाडैको आइसोलेसनवार्ड निर्माण गराएका छन् ।

आइसोलेसनवार्ड निर्माण गराएदेखि नै उनका विपक्षीहरुले कुनै न कुनै बहानामा समाजिक संजालमार्फत प्रहार गर्दै आएका छन् । उनको मनोबल गिराउन चौतर्फी हमलाको प्रयास गरे तर असफल भएकाहरुले यतिखेर मौका पाएका छन् ।

कुनै बहाना नपाएपछि सिमावर्ती शहर रक्सौल क्वारेन्टाईनमा बसेका नेपाली जनताको पिरमर्का बुझन गएको देखेपछि एउटा मुद्दा नै बनाएर बिहिबार उनीमाथि ति सबै खनिए ।

सांसदसंग हारेका मध्येका सभासद एवं नेकपाका नेता विचारी यादव र नेकपाकै वीरगन्ज महानगरपालिका नगर अध्यक्ष रहबर अंसारीले सिमापारी क्वारेन्टाइनमा पुगेका सासदसहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।

लकडाउनको समयमा प्रजिअबाट लापार्वाही भएको भन्दै यस विषयमा गृह प्रशासनले छानबीन गरी प्रजिअलाई समेत कारवाही गर्न माग समेत गरेका छन् ।

यहाँसम्म नेकपाका यी दुई नेताले आफ्नो केन्द्रीय नेतामार्फत गृह मन्त्रालयमा दबाब दिन लगाएको श्रोतको दावी छ । सांसद यादवले सिमापारीबाट एक जना ब्यपारीलाई गाडिमा बसाएर ल्याएको बिहान सुरुमा बिपक्षीले हल्ला फैलाएका थिए । तर उक्त कुरा निराधार साबित भयो ।

सांसद यादवले गाडिमा आफू बाहेक २ पत्रकार र एक चालक बाहेक कोही पसेको मात्र प्रमाणित भए राजिनामा दिने चुनौति दिएका थिए । नभए गलत हल्ला फैलाउने उपर कारवाही गर्न उनले माग गरेका थिए । त्यसपछि अफवाफ फैलाउनेहरु मत्थर भएका थिए । दिउँसो भने सांसद यादव समेतलाई क्वारेन्टाइनमा हाल्ने दबाव बनाए ।

वीरगन्जमा लकडाउन भएसम्म सांसद यादवसहित दुईतिन जना नेता बाहेक कोही पनि नेता अगाडि सरेका छैनन् । लकडाउनले जनतालाइ परेको समस्यालाई मध्यनजर गरी सांसद यादवले उनीहरुको सुखदुखमा खटेर दिनरात सहयोग गरीरहेका छन् ।

नीजि अस्पतालहरुले भारी मिडियाबाजी गरेर आफूले कोरोना संक्रमितको लागि पुरै अस्पतालनै सरकारको जिम्मा दिने प्रतिबद्धता जाहेर गरेका थिए । तर कसैले पनि अस्पताल उपलब्ध गराएन ।

वीरगन्जमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने आइसोलेसन वार्ड समेत थिएन । सांसद यादवले नारायणी अस्पतालको आग्रहपछि २४ घण्टाभित्र २० सैयाको आइसुलेशन बनाउँन लगाए ।

अर्कोतिर समान्य ज्वरो लागेका विरामीलाई समेत वीरगन्जको नेशनल मेडिकल कलेज र नेकपाका नेता रहबर अंसारीले संचालन गरेको गण्डक अस्पतालले उपचार गर्न मानेन।

मेडिकल कलेजले रेफर गरेको कलैया २२ का विजय कुशवाहालाई यी अस्पतालले कोरोनाको संक्रमण भएको आरोपमा लगाउँदै उपचार नगरेको कारण उपचारको लागि काठमाण्डौ लैजादै बाटोमा ज्यान समेत गुमाउनु परेको थियो । अन्ततः कुशवाहा कोरोना परीक्षण नेगेटिभ आएको थियो ।

पर्सा जिल्लामा नै कोरोना विशेष अस्पतालको स्थापना र कोरोना भाइरस चेकजाँच किट र ल्याब स्थापनाको माग गर्दै प्रदेश २ मा डेलिकेशन समेत लिएर गए । जसले गर्दा प्रदेश २ को सरकारले यथासिघ्र वीरगन्जमैं सुविधा सम्पन्न कोरोना विशेष अस्पताल निर्माणको लागि प्रक्रिया थालेको छ । दिनरात जनताको सेवामा लागेका सांसद यादवको कार्य देख्न नसक्दा यी नेताहरु उनको आलोचना गर्न भने पछि परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्