चलचित्रमा फर्कंदै निरुता सिंह



काठमाडौं: दक्षिणा, दर्पण छाया, आफन्त, आफ्नो मान्छे आदि चलचित्रमा गरेको जीवन्त अभिनयका कारण अहिले पनि अभिनेत्री निरुता सिंहलाई सम्झिन्छन् दर्शक।

लामो सयम चलचित्र नगरीबाट टाढा रहेकी निरुता नाइँ नभन्नु ल ५ मा केमियो भूमिका हुँदै दाल भात तरकारीमा देखिन लागेकी हुन् । 

नयाँ वर्षमा रिलिज हुन लागेको चलचित्रमा उनलाई हरिवंश आचार्यको जोडीका रुपमा देख्न पाइनेछ। युट्युबको ट्रेन्डिङमा रहेको सो चलत्रिको पहिलो गीत ‘भिजिट भिसा…’ मा पनि उनको अभिनय निकै रुचाइएको छ।

प्रतिक्रिया दिनुहोस्