ट्याक्टर पल्टिँदा दुईको मृत्यु, पाँच घाइते



मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्य चार जना गम्भीर घाइते भएका स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमै र सोही ठाउँका ५० वर्षीय बखत राईको उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्