कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो



एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख १ सय ५६ पुगेको छ भने १६ लाख ३९ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।

विश्वको २ सय १० देश र भूभागमा फैलिएको कोरोना भाइरसका सबै भन्दा बढी अमेरिका प्रभवित भएको छ । पछिल्लो तथ्यांक अनुसार १७ हजार ९ सय १० जनाको मृत्यु भएको छ भने ४ लाख ७७ हजार ९ सय ५३ संक्रमत भएका छन् ।

त्यस्तै स्पेनमा १ लाख ५७ हजार ५३ जना संक्रमित भएका छन् भने १५ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

इटालीमा १ लाख ४७ हजार ५ सय ७७ संक्रमितहुँदा १८ हजार ८ सय ४९ को मुत्यु भएको छ ।

यसबाहेक विश्वमा कोरोनाको कारण मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै हुन सक्छ तर अस्पताल भन्दा बाहिर भएको मृत्यु हुनेको संख्या जोडिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्