उत्तम सुवेदीसहित १० एसएसपी डीआईजी बढुवामा सिफारिस



काठमाडौं : नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवामा सिफारिस भएको छ ।

हिजो (शुक्रबार) बेलुका बसेको गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।

दुई ब्याचबाट १० जनाको सिफारिस भएको छ ।

सिनियर ब्याचबाट घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त र ईश्वरबाबु कार्कीको सिफारिस भएको छ ।

त्यस्तै जुनियर ब्याचबाट सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तमराज सुवेदी र अरुण बिसी सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस उपर एक साताभित्र उजुरी गर्न सूचना प्रकाशन गरिएको छ । प्रहरीमा प्रशासनतर्फका १२ दरबन्दी कटौती गरेर सरकारले बढुवा प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्