मिनी बसको ठक्करबाट वृद्धाको मृत्यु



भरतपुर : मिनीबसको ठक्करबाट आइतबार बिहान सवा छ बजे एक वृद्धाको मृत्यु भएको छ ।

पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको स्थानीय रुटमा चल्ने बा३ख २५६५ नम्बरको मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो । 

वृद्ध हुमागाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा लिइएको छ । बसका चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको जनाइएको । 

प्रतिक्रिया दिनुहोस्