‘गुप्त’ को आइटम सङमा सुष्माको बोल्ड डान्स



काठमाडाैं : आफूले अभिनय गरेको फिल्म लगातार असफल भएपछि फिल्मी दुनियाँबाट दूरी बढाएकी नायिका सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम सङमा डान्स गर्दै देखिएकी छन् । हामी ‘गुप्त’ फिल्ममा ‘म आँख मारिदिन्छु, दिउँसै रात पारिदिन्छु ’ बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सक्छौं ।

 

यस गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको रहेको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सनठ डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका छन् । फिल्मको प्रदर्शन मिति भने घोषणा भएको छैन ।

 

यस फिल्मको सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ । यस फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । ‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी लगायतको कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्