बाबु–छोराको भूमिकामा अजय र रणवीर



एजेन्सी : बलिउड स्टार अजय देवगन र रणवीर कपुर बाबु–छोराको भूमिकामा आउन लागेका छन् । लव रञ्जनको निर्देशनमा बन्न लागेको फिल्ममा उनीहरुले बाबु–छोराको भूमिकामा आउने भएका हुन् ।

निर्देशक लव रञ्जनले यसअघि ‘सोनु के टिटु की स्विटी’ र ‘प्यारका पञ्चनामा’ को दुई वटा सिरिज बनाएका छन् । वर्ष २०१८ को सबैभन्दा बढी लोकप्रिय फिल्म ‘सन्जु’ को अपार सफलतापछि रणवीरप्रति निर्देशकको आकर्षण झन् बढेको छ । सन्जु २०१८ को सबैभन्दा हिट फिल्म हो ।

अजय र रणवीरलाई लिएर फिल्म बनाउने घोषणा लव रञ्जनले धेरै पहिले गरिसकेका थिए । आगामी फिल्ममा अजयले बाबुको र रणवीरले छोराको भूमिकामा अभिनय गर्ने रञ्जनले घोषणा गरेका छन् ।

यसअघि अजय र रणवीर फिल्म ‘राजनीति’ मा एकसाथ काम गरेका थिए । जुन फिल्म सुपरहिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्