सलमान र कट्रिनाको ‘विवाह’



एजेन्सी : यस वर्ष सलमान खानले विवाह गर्दैछन् । उनकी बेहुली कट्रिना कैफ बन्दैछिन् । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ ।

 

डिएनएको रिपोर्टअनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म ‘भारत’ का लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारी छ । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो गीतका लागि फिल्मको सेट फूलले सिँगारिँदैछ ।

 

भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्