महानायक राजेश हमाल फेरि दारीजुँगा फालेर चिटिक्क (फोटोफिचर)



काठमाडौं : लकडाउनको अवस्थामा महानायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । महानायक हमालले फेसबुकमा दैनिक जसो केही न केही सामाग्री पोस्ट गरिरहेका हुन्छन् ।

होम क्वारेन्टाइनमा रहँदा केही समय अघि सेतै फुलेको दारीजुँगा पालेको फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।

त्यो फोटो र भिडियो देखेपछि उनका शुभचिन्तकहरुले जिज्ञसा पनि राखेका थिए, के राजेशलाई अव बुढ्यौली लाग्यो त ? भनेर । केहीले राजेशलाई बुढ्यो देखियो दारीजुँगा काट्न आग्रह समेत गरेका थिए । सायद त्यहि कुरालाई विचार गदै होला राजेश पुरानै अवतारमा आएका छन् ।

यतिबेला अभिनेता राजेश हमाल फेरि दारीजुँगा फालेर चिटिक्क भएर फोटो र भिडियो पोष्ट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्