कोरोनाबाट मृत्यु हुनेमा यी हुन् ‘टप’ ६ देश, सय संक्रमितहुँदा १० को मृत्यु



एजेन्सी– कोरोनाभाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या लगातार बढीरहेको छ। अमेरिकाको जोन्स हापकिन्स यूनिवर्सिटीको अनुसार कोरोनाभाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या १८ लाख ५४ हजार २ सय ५ पुगेको छ। जबकी हालसम्म १ लाख १४ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमतको औसत मृत्युदर ६.१ प्रतिशतले वुद्धि भएरहेको छ । त्यही इटाली, ब्रिटेन, स्पेन, फ्रान्स, बेल्जियम र नेदरयाणमा मृत्यु दर १० प्रतिशतभन्दा पनि माथि रहेको छ ।

अमेरिका, ब्रिटेन, फ्रान्समा पछिल्लो दिनहरूमा तिब्ररुपमा मृत्यु हुनेको संख्या बढिरहेको छ । यही कारणले गर्दा संक्रमितको मृत्युदर ६.१ प्रतिशतले वुद्धि भएको हो । तर विश्व स्वास्थ्य संगठनमा अनुसार तीन मार्चसम्म विश्वभर कोरोना संक्रमित मृत्युदर ३.४ प्रतिशत थियो ।

अमेरिकामा २२ हजार १ सय १५, इटलीमा १९हजार ८ सय ९९, स्पेनमा १७ हजर २ सय ९ र फ्रान्समा १४हजार ३ सय ९३ को मृत्यु भएको छ । सबैभन्दा धेरै मृत्यु हुनेमा यी देशमा टपमा छन् । यसैयरी ब्रिटेनमा १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।

मृत्युदर धेरै देशहरूमा वृद्धि भइरहेको छ । र केही देशहरूमा मृत्यु नभइको पनि तथ्यांक छ । तथ्यांकको अनुसार ब्रिटेनमा १२.४ र इटलीमा १२.८ प्रतिशतमृत्यु भएको छ । बेल्जियम ११.९, नेदरलयाणमा १०.८ र त्यही स्पेन र फान्समा १० प्रतिशतभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकमा ३.९ प्रतिशत रहको छ ।

भरतमा अहिलेसम्म ९ हजार २ सय ४० संक्रमित भएका छन् भने ३ सय ३१ जनाको मृत्यु भएको छ । र भारतमा ३.२ प्रतिशतको मृत्यु भएको छ ।

ब्रिटेन, स्पेन, ईरान, बेल्जियम, अमेरिका र नेदरलयाणमा संक्रमित हुनेको संख्यमा वुद्धि भएको छ भने मृत्यु हुनेको संख्या पनि बढीरहको छ ।

प्रतिक्रिया दिनुहोस्