‘लभ स्टेशन’ को रिलिज डेट फेरि परिवर्तन



नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । यसभन्दा पहिले यो फिल्म चैत १ मा रिलिज हुने तय भएको थियो ।  त्यसपछि चैत ८ र चैत २९ मा रिलिज हुने चर्चा थियो । अब यो फिल्म चैत २२ मा रिलिज हुने कन्फर्म भएको छ ।

सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुने निश्चित भएपछि ‘लभ स्टेसन’ एक हप्ताअगाडि प्रदर्शनमा आउने भएको छ । ‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो फिल्म दर्शक माझ प्रतीक्षित फिल्ममध्येको फिल्म हो । यस फिल्मलाई उज्ज्वल घिमिरले निर्देशन गरेका छन् ।

  

यस फिल्मको एउटा गीत केही दिनअगाडि मात्र भियतनाममा खिचिएको छ । फिल्मको रोमान्टिक गीत ‘घाम जुन नै चाहिँदैन’ को छायांकन भियतनामका विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जनाए् । यस गीतमा प्रदीप र जसितालाई फिचर्ड गरिएको छ ।

 

 यो गीत आगामी भ्यालेन्टाइन डेका अवसर पारेर फागुन २ मा रिलिज गरिनेछ । गीतको छायांकन सकेर निर्माण टोली काठमाडौं आइपुगेको छ । फिल्म ‘लभ स्टेसन’मा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाललगायत कलाकारको अभिनय रहेको छ । यस फिल्मलाई आलोक शुक्लाले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्