लोकसेवा आयोगद्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस



काठमाडौं : लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।  

 

निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्