यसरी भेटियाे हराएकाे साढे चार लाख रुपैयाँ



काठमाडौं: सिन्धुलीको कमलामाई नगरपालिका १ बेल्टारका खुसबहादुर श्रेष्ठले आतइबार दिउँसो हराएको ४ लाख ५० हजार रुपैयाँसहितको झोला दुई घण्टाभित्र फिर्ता पाएका छन्।

राजधानीबाट घर आएका श्रेष्ठले पैसासहित बोकेको झोला साटिएर अर्कै यात्रुले लगेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बीपी राजमार्गको चियाबारीनजिक चेकिङमा रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पाण्डेसहितको टोलीलाई जानकारी गराएपछि सबै सवारीसाधन चेक गर्दा झोलासहितको रकम फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्