शेयर बजार सामान्य अङ्कले बढ्यो



काठमाडौँ : धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर रू ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ । 

बैङ्किङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलव ७१, जलविद्युत् ४२ दशमलव १२, निर्जीवन बिमा ४२ दशमलव १२, उत्पादन ८ दशमलव १२, अन्य २ दशमलव ४२, माइक्रो फाइनान्स ९ दशमलव ४५ र जीवन बिमा १९ दशमलव ६१ बिन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्