प्रदेश ३ मा सोनाम ल्होसारको विदा



हेटौंडा : प्रदेश ३ को प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी माघ २२ गते मंगलबार २८५५औँ सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । यही माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।

तामाङबाहुल्य प्रदेश ३ मा ल्होसारको अवसरमा बृहत् ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ ।  प्रदेश राजधानी हेटौंडामा माघ २१ र २२ गते सो महोत्सव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्