मेलम्ची निर्माणको जिम्मा पाएको ‘सिएमसी’ सँगको ठेक्का रद्द



काठमाडौं: मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी 'सिएमसी'सँगको सम्झौता आधिरकारिक रुपमै रद्द भएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले १४ दिनभित्र उपस्थित हुन दिएको म्याद सकिएपछि सिएमसीसँगको ठेक्का रद्द भएको हो ।

टेन्डरको अन्तर्राष्ट्रिय निमयअनुसार दिइएको समयसीमा भित्र निर्माण कम्पनी सम्पर्कमा नआएपछि करार स्वत: रद्द हुने व्यवस्था छ । सोही अनुसार सिएमसीसँगको करार भंग भएको र अब बाँकी निर्माणका लागि अन्य ठेकेदार कम्पनीलाई लगाउन बाटो खुलेको मन्त्रालयले जनाएको छ ।

आर्थिक रुपमा टाट पल्टेको सिएमसीले ६ साताअघि कामबाट हात झिकेको थियो । आयोजना निर्माण कार्य अब ३ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्