क्यान्सर निकाे पारेर घर फर्किन् सोनाली



एजेन्सी : बलिउडकी प्रख्यात नायिका सोनाली बेन्द्रे अमेरिकामा क्यान्सरको उपचारपछि घर फर्केकी छन् । ६ महिनादेखि क्यान्सरकाे उपचार गराइरहेकी सोनाली स्वास्थ्यमा राम्रो सुधार भएपछि न्युयोर्कबाट मुम्बई फर्किएकी हुन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अब थप उपचारका लागि न्युयोर्क जानुनपर्ने उनका पति गोल्डी बेहलले जनाएका छन् ।

सोनालीलाई राम्रो होस् भन्ने चाहना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले उल्लेख गरेका छन् । ६ महिनाको अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनका लागि बेहलले सबैलाई धन्यवाद दिएका छन् । उनले अब सोनालीको उपचार पूरा भएको र अब उनी पूर्णरुपले स्वस्थ रहेको जानकारी दिए । उनले न्युयोर्कमा सोनालीको उपचारपछि घर फर्काउन पाएकोमा आपूm अत्यन्त खुसी भएको जनाए ।

सोनाली बलियो आत्मबलसहितकी महिला भएको उल्लेख गर्दै बेहलले यसमा आफूले गर्व गरेको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्