इटहरी उपमहानगरपालिका-१ का वडा अध्यक्षको मृत्यु



इटहरी : इटहरी उपमहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष बिष्णु चौधरीको मृत्यु भएको छ ।

राती साढे १२ बजे उनको निधन भएको हो । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रसित थिए ।

नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति रमेश पोखरेलले दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा भए पनि केही दिन यता इटहरीस्थित घरमा रहेका थियो । उनको आजै विहान ९ बजे बुढीगंगा जमुना घाटमा अन्त्येष्टि गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्